बस दुर्घटना हुँदा एकजनाको मृत्यु

Aadil Times 1+ समाचार ( )
७ माघ २०७९

जिल्लाको शुद्धोधन गाउँपालिका-६ मा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बस दुर्घटना परी ८ जना घाइते भएका हुन् । शनिबार बिहान ९ बजेतिर लु २ ख ४२२६ नम्बरको बसले साइकललाई ठक्कर दिंदा साइकल यात्रीको मृत्यु भएको प्रहरीले बताएको हो ।

बसले लु ४ त ५४१९ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा अनियन्त्रित भई साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।मृत्यु हुनेमा सोही गाउँपालिका वडा नम्बर ३ गुलरीका ३० वर्षीय विन्दकुमार कहारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतका अनुसार बसमा सवार ६ र ट्याक्टरमा सवार २ जना गरी जम्ममा ८ जना घाइते भएका छन् । बस र ट्याक्टर चालक फरार रहेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया