सामूहिक बलात्कार गरेको आरोपमा चारजना युवक पक्राउ

Aadil Times 1+ समाचार ( )
१९ मंगशिर २०७९

सुनसरीको इटहरी उपमहानगरपालिका १० की १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।

गत वैशाख २७ गते इटहरी १० मा पर्ने बुढीखोला किनारमा युवतीमाथि बलात्कार भएको थियो ।

गाउँमा भएको विवाहमा सहभागी भएर घर फर्कने क्रममा स्थानीय चारजना युवकहरुले उनलाई बलात्कार गरेको प्रहरीले जनाएको छ घटनापछि आरोपीहरु फरार रहेकाले प्रहरीले खोजी गरिरहेको थियो । पक्राउ परेकामा स्थानीय २५ वर्षीय विकास चौधरी, २८ वर्षका मुकेश चौधरी, २० वर्षका धीरज चौधरी र ३१ वर्षीय सरोज चौधरी छन् ।

कसैलाई खबर गरे परिवारलाई नै मारिदिने जस्ता अनेक धम्की दिँदै ती युवकहरुले बलात्कार गरेको अनुसन्धानका क्रममा प्रहरीले पत्ता लगाएको थियो ।

परिवारलाई नै मारिदिने धम्की दिएकाले युवतीले घटनाबारे लामो समयसम्म कसैलाई भनेकी थिइनन् ।

उनले मंसिर १७ गते भने प्रहरीमा उजुरी दिएको इलाका प्रहरी कार्यालय इटहरीका निरीक्षक तथा सूचना अधिकृत भीमबहादुर खड्काले बताए । उनका अनुसार उजुरी परेपछि ती युवकहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका युवकहरुलाई ५ दिन सुनसरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।

प्रतिक्रिया