नेकपा एस र जसपाबीच सिंहदरबारमा एकता वार्ता

Aadil Times 1+ समाचार ( )
२७ पौष २०७९

जनता समाजवादी पार्टी, नेपाल र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बीच एकता वार्ता हुँदैछ । वार्ताको लागि गठित कार्यदलले आज १२ बजे सिंहदरबारमा छलफलको लागि समय निर्धारण गरेको छ ।

जसपाको तर्फबाट वार्ता समितिमा नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ र गोविन्द चौधरी छन् भने नेकपा एसको तर्फबाट वेदुराम भसाल, डा. विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला रहेका छन् ।

वैचारिक र सैद्धान्तिक विषयको मिलनबिन्दु खोज्ने प्रयास कार्यदलले गरिरहेको छ ।

प्रतिक्रिया