नेपाली कांग्रेसले आज नीति अधिवेशनबारे जुम मिटिङ गर्ने

Aadil Times 1+ समाचार ( )
१२ चैत्र २०७९

पहिलो पटक ‘नीति अधिवेशन’ गर्ने  तयारीमा रहेको नेपाली कांग्रेसले आज नीति अधिवेशनबारे जुम मिटिङ गर्ने भएको छ ।

कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य नेतृत्वको सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा आज साँझ नीति अधिवेशनको बारेमा जानकारी गराउन जुम मिटिङ आयोजना हुने भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नीति अधिवेशनका सन्दर्भमा प्रकाश पार्ने भएका छन्। जुम मिटिङमा थापाले नीति अधिवेशनबारे धारणा राख्ने छन् ।

जुम मिटिङमा सहभागी हुनेहरूले नीति महाधिवेशनमाथि केन्द्रित रहेर आफूलाई लागेको सुझाव राख्न सक्ने छन।

प्रतिक्रिया