राष्ट्रपति पौडेलले भारतमा भएको उपचार खर्च आँफै व्यहोर्ने

Aadil Times 1+ समाचार ( )
१९ वैशाख २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले भारतको नयाँ दिल्लीस्थित् एम्समा भएको उपचारको खर्च आँफै व्यहोर्ने भएका छन् । उनको उपचारलाई लिएर संसद्मा समेत आलोचना भएको थियो ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले समेत राष्ट्रपति पौडेललाई उपचार खर्च व्यहोर्न सुझाव दिएका थिए ।

त्यसको भोलिपल्ट राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले भारतमा भएको उपचारको खर्च राष्ट्रपति पौडेलले आँफै व्यहोर्ने बताएका हुन् ।


प्रतिक्रिया