प्रेम आचार्यलाई न्याय माग्दै काठमाडौंमा प्रदर्शन

Aadil Times 1+ समाचार ( )
११ माघ २०७९

इलामका प्रेमप्रसाद आचार्यलाई न्याय माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

मंगलबार नयाँ बानेश्वरमा आफ्नो शरीरमा आफैँ आगो लगाएका आचार्यको बुधबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको थियो ।

बुधबार माइतीघर मण्डलामा स्वर्गीय आचार्यलाई न्यायको माग गर्दै प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएकाहरू नयाँ बानेश्वरमा मौन धारण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।


प्रतिक्रिया