एस्टन भिल्लासँग म्यानचेस्टर युनाइटेड पराजित

Aadil Times 1+ समाचार ( )
२० कार्तिक २०७९

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग पराजित भएको छ । आइतबार राति एस्टन भिल्लाले युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा एस्टन भिल्लाको जितमा लियोन बेलीले, लुकास डिग्ने र जाकोब राम्सीले गोल गरे । एस्टन भिल्लाका जाकोब राम्सीले आत्मघाति गोल गरेपछि म्यानचेस्टर युनाइटेडले एक गोल भने उपाहार स्वरुप पाएको थियो ।

खेलको सातौँ मिनेटमा नै लियोन बेलीले गोल गर्दै एस्टनभिल्लालाई अग्रता दिलाए । खेलको ११औँ मिनेटमा लुकासले गोल गरेपछि एस्टनभिल्लो २–० गोलको अग्रता बनायो । तर खेलको ४५औँ मिनेटमा राम्सीले आत्मघाति गोल गर्न पुगे । यो गोलसँगै पहिलो हाफसम्म एस्टन भिल्लाले म्यानचेस्टर युनाइटेडविरुद्ध २–१ गोलको अग्रता बनाएको थियो ।

दोस्रो हाफमा थप एक गोल गर्दै एस्टन भिल्लाले महत्वपूर्ण तीन अंक बटुलेको हो । खेलको ४९औँ मिनेटमा राम्सीले गोल गर्दै म्यानचेस्टर युनाइटेडविरुद्ध एस्टन भिल्लालाई ३–१ गोलको जित दिलाए ।

यो जितसँगै एस्टन भिल्ला लिगको १३औँ स्थानमा उक्लिएको छ । एस्टन भिल्लाको १४ खेलबाट १५ अंक भएको छ । पराजित म्यानचेस्टर युनाइटेड भने पाँचौँ स्थानमा छ । युनाइटेडको १३ खेलबाट २३ अंक छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार