महानगर प्रहरीलाई थप स्रोत साधनयुक्त बनाउने : मेयर कोइराला

Aadil Times 1+ समाचार ( )
९ फाल्गुन २०७९

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन इलेक्ट्रिक साइकल वितरण गरेको जनाएको छ । आज महानगर परिसरमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित नगर प्रहरीलाई इलेक्ट्रिक साइकलको चाबी हस्तान्तरण गर्नुभयो ।

विभिन्न वडाका वडाध्यक्षसमेतको उपस्थितिमा नगर प्रहरीलाई इलेक्ट्रिक साइकल वितरण गरिएको हो । सो अवसरमा मेयर कोइरालाले महानगर प्रहरीलाई थप स्रोत साधनयुक्त बनाउने योजनाअनुसार इलेक्ट्रिक साइकल वितरण गरिएको बताउनुभयो । उहाँले जिम्मेवार भएर छिटो छरितो रुपमा काम गर्न निर्देशनसमेत दिनुभयो ।


प्रतिक्रिया