माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो बैठक सुरू

Aadil Times 1+ समाचार ( )
१३ माघ २०७९

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक सुरू भएको छ ।

बिहीबारदेखि जारी बैठकमा हिजो पहिलो दिन बसेको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समयसामयिक राजनीतिक विषयवस्तु राखेका थिए ।

उनले राष्ट्रपतिको निर्वाचनमा पार्टीको कदमबारे नेताहरूको राय मागेका छन् । आज स्थायी कमिटी सदस्यहरूले पालैपालो सुझाव दिने प्रवक्ता कृष्णबहादुर महराले बताए । यस्तै बैठकमा जिम्मेवारी हेरफेर लगायतका विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया