शेयर बजारमा सामान्य वृद्धि

Aadil Times 1+ समाचार ( )
२२ माघ २०७९

शेयर बजार साताको सुरुको दिन हरियो रहेर थामियो ।

तीब्र उतार चढावबीच बजार परिसूचक नेप्से डेढ अंकले सकारात्मक रहेर थामिएको हो ।

सुरुवाती समयमा उकालो लागेर २१ सय १० सम्म पुगेको नेप्सेमा पछि शितिलता आएको हो । कारोबार दुई अर्ब तलै सीमित रह्यो । यस दिन ८ वटा समूहमा हरियाली छाउँदा ५ वटा समूह ओरालो लागे ।

दुबै बीमा, लघुवित्त, व्यापार र अन्य समूहबाहेक बाँकी समूह सकारात्मक रहेका हुन् । वित्त समूहमा सबैभन्दा उच्च डेढ प्रतिशत बढी वृद्धि आयो ।

उत्पादनमूलक, होटल तथा पर्यटन र विकास बैंक समूह पनि दोहोरो अंकले सुधारिंदा बाँकी सामान्य अंकले हरियो रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५८ कम्पनीको ५२ लाख बढी कित्ता शेयर १ अर्ब ९३ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ८ कम्पनीको मूल्य बढ्दा १ सय १ को घट्यो । यस दिन पनि आदर्श लघुवित्तका लगानीकर्ताले सबैभन्दा उच्च १० प्रतिशत नाफा गर्ने क्रम जारी रह्यो ।


प्रतिक्रिया