कोशी प्रदेश नामाकरणविरुद्धको प्रदर्शनमा घाइते लिम्बुको मृत्यु

Aadil Times 1+ समाचार ( )
९ चैत्र २०७९

केही दिन अघि विराटनगरमा भएको कोशी प्रदेशविरुद्धको आन्दोलनमा घाइते भएको एक जनाको मृत्यु भएको छ ।

गत ५ चैतमा कोशी प्रदेश नामकरणको विरोधमा भएको प्रदर्शनका क्रममा घाइते पदम लिम्बू ‘लाजेहाङ्ग’ को मृत्यु भएको हो ।

धरान–१५ का पदमको शुक्रबार बिहान २ स् ३० बजे उपचारको क्रममा मृत्यु भएको पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ ।

निषेधित क्षेत्र तोडी मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गर्न जानेक्रममा सशस्त्र प्रहरीको लाठी प्रहारबाट लिम्बू घाइते भएका थिए ।

टाउकोमा चोट लागेका लाजेहाङलाई बुधबार राति बान्ता गरेपछि बेहोस अवस्थामा उपचारार्थ बीपी पु¥याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार