त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बित

Aadil Times 1+ समाचार ( )
२७ माघ २०७९

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन विमानस्थलका प्रमुख महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरेको छ ।

थाई स्माइल एयरलाइन्सका कर्मचारीसँग ठाकुरले गरेको एक अडियो बाहिरिए पछि ठाकुर निलम्बनमा परेका हुन् । 

गैरकानुनी रूपमा लाभ लिने मनसायले गरिएको अडियो संवादका आधारमा निलम्बनमा परेका ठाकुर विरुद्ध मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ।


प्रतिक्रिया