आचारसंहिताको कारण रास्वपा बैठक स्थगित

Aadil Times 1+ समाचार ( )
२ चैत्र २०७९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहान ११ बजेका लागि तय गरेको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित गरेको छ ।

उपराष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई समर्थन गर्ने बारे निर्णय गर्न रास्वपाले बैठक डाकेको थियो ।

निर्वाचन आचारसंहिताका कारण बैठक स्थगित गरिएको रास्वपा प्रवक्ता मुकुल ढकालले बताए ।

कसलाई मतदान गर्ने भन्ने विषयमा आन्तरिक छलफलबाट निर्णय गर्छौं । अहिलेसम्म कसैलाई मतदान गर्ने भन्ने टुंगिएको छैन, उनले भने ।

मौन अवधि सुरू भइसकेको भन्दै बिहीबार निर्वाचन आयोगले बैठक राखेर पक्ष-विपक्षमा नखुल्न दलहरूको ध्यानाकर्षण गराएको थियो । राष्ट्रपति चुनावमा रास्वपा सत्ता गठबन्धनको पक्षमा उभिएको थियो ।

नयाँ उपराष्ट्रपति चयनका लागि बिहान १० बजेदेखि मतदान सुरू हुँदैछ । सत्ता गठबन्धनबाट जसपाका रामसहाय यादव र जनमतकी ममता झा उम्मेदवार छन् । एमालेबाट अष्टलक्ष्मी शाक्य मैदानमा छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार