रक्षामन्त्री भएपछि पहिलो पटक जंगी अड्डा पुगे पूर्णबहादुर खड्का

Aadil Times 1+ समाचार ( )
२४ चैत्र २०७९

उपप्रधानमन्त्री तथा रक्षामन्त्री भएपछि पहिलो पटक पूर्णबहादुर खड्काले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको निरीक्षण गरेका छन्।

सोमबार रक्षा मन्त्रालय पुगेर उनले नेपाली सेनाको बारेमा औपचारिक जानकारी लिए।

नेपाली सेनाको संगठनात्मक स्वरुप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले संचालन गरिरहेका अपरेशनल तथा विविध गतिविधिहरुका बारे रक्षामन्त्री खड्कालाई सेनाले जानकारी गराएको थियो।

नेपाली जनताको शीर उँचो राख्न सफल, जनताले अत्यन्त विश्वास गरेको संस्था नेपाली सेना आफ्नो भूमिका निर्वाहमा सदैव अब्बल रहन सकेकोमा प्रधान सेनापति लगायत नेपाली सेना परिवारलाई रक्षामन्त्री खड्काले बधाई दिए।

जंगी अड्डामा खड्काले राष्ट्रको माटो, राष्ट्रिय एकता, स्वाधीनतासँग जोडिएको मन्त्रालय र अन्तर्गतका संस्थाहरुको महत्व अनुरुप आफ्नो रोजाईकै मन्त्रालयमा नियुक्त भई कार्य गर्न पाउँदा ज्यादै खुशी लागेको बताए।

उनले देशको सामरिक अवस्थिती र विद्यमान विश्व परिवेश अनुरुपको सन्तुलित व्यवहार जरुरी रहेको बताउँदै जनताको आशा र विश्वास जगाउन रक्षा मन्त्रालय तथा नेपाली सेना मिलेर पारीवारिक परिवेशमा कार्य गर्दै जाँदा आशातित उपलब्धी हुने भन्दै नेपाली सेनालाई कार्य सम्पादनमा मन्त्रालयबाट पूर्ण रुपमा साथ र सहयोग रहने बताए।

प्रतिक्रिया