उपलब्धिको रक्षाका लागि राष्ट्रिय सहमति र एकता जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

Aadil Times 1+ समाचार ( )
२१ माघ २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकका प्राप्त उपलब्धिको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले उपलब्धिको रक्षा र अर्थतन्त्र लगायत क्षेत्रमा रहेको चुनौतीलाई सही बाटोमा लैजान राष्ट्रिय सहमति र एकता जरुरी रहेको बताए ।

उत्पीडितहरूको एकताले मात्र देशको रक्षा गर्न सकिने र राष्ट्रिय सहमतिबाट चुनौतीपूर्ण अवस्थालाई अवसरमा बदल्न सकिने उनले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले समाजको रूपान्तरणका लागि संघर्ष र त्याग गर्नेहरूलाई नै सम्मान गर्न चुकेको भन्दै उनीहरूको नेतृत्व स्थापित र सम्मान गर्न नसके प्राप्त उपलब्धि पनि खोसिने खतरा रहने धारणा राखे ।

उनले सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिने बताए ।

मुलुकको व्यवस्थालाई अझै समावेशी र पूर्ण समानुपातिक बनाउने विषयमा छलफल चलिरहेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले आदिवासी, महिला, दलित, मुस्लिम लगायत आयोग बनाउने कुरा ठूलो संघर्ष र बलिदानीबाट प्राप्त भएको बताए ।

प्रतिक्रिया