राष्ट्रिय सभा सदस्य पदका लागि आज उपनिर्वाचन हुदै छ तत्कालीन राष्ट्रिय सभा सदस्य नेकपा एमालेका खिमलाल भट्टराईले असोज २३ मा राजीनामा दिएपछि एक पदरिक्त भएको थियो ।>
लुम्बिनी प्रदेशतर्फ एक राष्ट्रिय सभा सदस्य पद रिक्त भएपछि उपनिर्वाचन गर्न लागिएको हो।
>
बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय तोकीएको छ । प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बताए।
>
घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान केन्द्र तोकिएको छ।
>
नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य, नेकपा एमालेबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।
>
उपनिर्वाचनमा प्रदेश सभा सांसद, पालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्। लुम्बिनी प्रदेश सभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ छ।
>
यहाँ कुल मतदाता संख्या ३०५ जना रहेका छन्। जसमध्ये प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए।
>
लुम्बिनी प्रदेशमा १०९ पालिका रहेका छन्। तीमध्ये कांग्रेसले ४८ पालिकामा जितेको छ। एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २\२ तथा राप्रपा र जनता प्रगतिशीलले १\१ स्थानमा जितेका छन्।
>
८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४/४, जसपा, लोसपा र जनमतले ३/३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १/१ सिट जितेका छन्।>>