उर्मिला अर्याल बनिन् राष्ट्रिय सभाको उपाध्यक्ष

Aadil Times 1+ समाचार ( )
२३ माघ २०७९

नेकपा (माओवादी केन्द्र)की सांसद उर्मिला अर्याल राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन्।

राष्ट्रिय सभाको सोमबारको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि माओवादी सांसद अर्याल निर्विरोध राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचित भइन्।

राष्ट्रिय सभामा माओवादी संसदीय दलका नेता नारायण काजी श्रेष्ठले अर्याललाई उपाध्यक्ष निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए। त्यसमा नेकपा (एमाले) का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटाले समर्थन जनाएका थिए।

त्यसपछि अध्यक्ष तिमिल्सिनाले अर्याललाई राष्ट्रिय सभाको उपाध्यक्ष चयन गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए। यस प्रस्तावलाई राष्ट्रिय सभाको बैठकले सर्वसम्मत रूपमा पारित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार