मंसिर ४ गतेसम्म निराहार व्रत बस्ने सागर ढकालको घोषणा

Aadil Times 1+ समाचार ( )
१ मंगशिर २०७९

डडेल्धुरामा प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार सागर ढकालले निराहार व्रत बस्ने घोषणा गर्नुभएको छ ।

४ महिनादेखि निरन्तर रुपमा डडेल्धुरामा निर्वाचनको तयारी र प्रचारप्रसारमा सक्रिय हुनुभएका ढकालले बिहिबार सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो घोषणा गर्नुभएको हो । मतदानको दिन नजिकिंदै गर्दा मौन अवधिसहित यहि मंसिर ४ गते सम्मका लागि व्रत बस्ने उहाँले बताउनुभएको हो ।

जिल्लाका ५२ वटै वडाका विभिन्न बस्तीहरूमा मत मागेर डडेल्धुरा सदरमुकाम आइपुग्नुभएका ढकालले डडेल्धुराको भूमि शक्तिपीठ र संस्कृतिको धनी भएको भन्दै आफूलाई आसन्न आम निर्वाचनले उर्जा प्राप्त गरेको समेत बताउनुभयो ।


प्रतिक्रिया