कालोपत्र सडकको बीचमा खम्बा

Aadil Times 1+ समाचार ( )
१४ फाल्गुन २०७९

कपिलवस्तुको शिवराज नगरपालिका–५ नौडिहवामा कालोपत्र सडकको बीचबाट खम्बा गाडिएको छ । स्थानीय मनिराम थारुले आफ्नो जग्गामा सडक बनाएको भन्दै बीच भागमै खम्बा गाडेपछि आवतजावतमा समस्या भएको छ ।कालोपत्र गर्दा आफूलाई कसैले पनि नबोलाएको र पछि नापजाँच गर्दा सडक आफ्नो जग्गामा परेको थारुले बताए । “कुनै जानकारीविना सडक निर्माण भयो, मेरो अधिकांश जग्गा सडकमा परेको छ”, थारुले भने, “यसरी कसैको जग्गामा सडक बनाउने अधिकार छैन ।

नौडिहवाको दक्षिणतर्फ रहेको कालोपत्र सडकमै खम्बा गडेपछि त्यस सडकमा सवारी साधन चलाउन र हिँडडुलसमेत गर्न नसकिने अवस्था छ । सडक बनाउँदा नापजाँच भए पनि पछि पुनःथारुले नापजाँच गर्दा फरक देखिएको स्थानीय छविलाल बञ्जाडेले बताए । उक्त क्षेत्रमा जग्गा प्लटिङ गरेको कम्पनीसँग छलफल गरेर निर्णय गरिने बञ्जाडेले जनाए ।

सडकमै खम्बा गाड्नु गैरजिम्मेवार रहेको स्थानीय सुरेन्द्र चौधरीले बताए । नापी गर्ने निकायले फरकफरक नापी गर्दा स्थानीयमा विवाद र समस्या निम्त्याएको चौधरीले बताए । सडकको बीचमा खम्बा हुँदासम्म सरोकार निकाय मौन रहेकाले छिटोभन्दा छिटो निकास हुनुपर्ने उनको भनाइ छ । 

प्रतिक्रिया