घट्यो सुनचाँदीको मूल्य

Aadil Times 1+ समाचार ( )
२६ माघ २०७९

साताको छैटौं दिन आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ४ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार १३ सय रूपैयाँले घटेर एक लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि शुक्रबार ३० रूपैयाँले घटेर १ हजार २९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया