हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउनुस् :आरजु राणा

Aadil Times 1+ समाचार ( )
१८ कार्तिक २०७९

कांग्रेस नेतृ एवं प्रधानमन्त्री पत्नी आरजु राणा विवादास्पद अभिव्यक्तिका कारण बारम्बार आलोचित हुने गरेकी छिन् डडेल्धुरामा पुगेर फेरि उनले यस्तै विवादास्पद भाषण गरेकी छन् । भोट माग्ने क्रममा आरजुले हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउन मतदातालाई आग्रह गरिन् ।

गृहपालिकामा यस्तो छ उनको भनाई

यो गाउँठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडि सार्ने, संविधानको रक्षा गर्ने, हाम्रो देशमा शान्ति हुने, समृद्धि हुने र योभन्दा अगाडि जसरी आज हामी हेलिकोप्टरमा आयौँ । आजभन्दा १०, १५ वर्षअगाडि यहाँ कतिजना हेलिकोप्टरमा उडेर यहाँ आउन सक्ने, क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस् । नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवाजीलाई, प्रदेशमा गोविन्द बोहोराजीलाई जिताउनुस् ।

उनको कटाक्ष स्वतन्त्र उम्मेदवार सागर ढकालतिर लक्षित थियो, जो कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकै क्षेत्रमा उठेका छन् । यसअघि फ्रि भिसामा मलेसिया पठाइदिने अनि कांग्रेसले जितेको पालिकामा मात्रै बजेट पठाइदिने भनेर उनी विवादमा परेकी थिइन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार