भारतीय अभिनेता अजय देवगन रोहित शेट्टीको ‘सिंघम अगेन’ मा देखिँदै

Aadil Times 1+ समाचार ( )
१७ मंगशिर २०७९

भारतीय अभिनेता अजय देवगन निर्देशक रोहित शेट्टीको ‘सिंघम अगेन’ मा देखिने भएका छन् ।

अजय हालै रिलिज भएको फिल्म ‘दृश्यम २’ को सफलताको खुसि मनाइरहेका छन् । उनको यो फिल्म सन् २०२२ को हिन्दी सिनेमाको तेस्रो ठूलो हिट साबित भयो । फिल्मले रिलिज भएको दुई सातामा १ सय ६० करोड भारतीय रुपैयाँ कमाएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार अजय र रोहितले आफ्नो फिल्म ‘सिंघम’ को तेस्रो भागका फेरि सहकार्य गरेका छन् । रोहित द्वारा निर्देशित सिंघम फ्रेन्चाइजीको तेस्रो भागको नाम ‘सिंघम अगेन’ राखिएको छ ।

अजय यतिबेला फिल्म ‘भोला’ मा व्यस्त छन् । सुपरस्टार तमिल फिल्म ‘कैथी’को रिमेक ‘भोला’ लाई अजयले अभिनय गर्नुका साथै निर्देशन पनि गरेका छन् । यसपछि फिल्म ‘सिंघम अगेन’ को छायांकनमा व्यस्त हुनेछन् ।

‘सिंघम’ सन् २०११ मा प्रदर्शन भएको थियो । फिल्ममा अजयसँगै काजल अग्रवालको मुख्य भूमिका देखिएका थिए । त्यस्तै, सन् २०१४ मा ‘सिंघम रिटर्न्स’ प्रदर्शन भएको थियो । फिल्ममा अजयसँगै करिना कपूर खानको मुख्य भूमिका रहेको थियो ।

‘सिंघम अगेनमा’ अजयको अपोजिटमा कुन अभिनेत्रीलाई रहने छिन् त्यसको कुनै जानकारी दिइएको छैन ।

प्रतिक्रिया