भूकम्पले टर्कीमा ठूलो मानवीय क्षति गरेको विवरण सार्वजनिक भएको छ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार गएको भूकम्पमा ज्यान गुमाउनेको संख्या २३ हजार नाघेको छ ।
>
अझै दशौँ हजार घाइते छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल गरेको छ ।>
टर्कीमा १८ हजार नौ सय ९१ जना तथा सिरियामा तीन हजार तीन सय ७७ जनाले ज्यान गुमाएका उद्धारकर्मीहरूले जनाएका छ्न् ।
>
टर्की र सिरियाले अन्तर्राष्ट्रिय सहायताका निम्ति अपिल पनि गरेका छन् । विश्व ब्याङ्कले एक अर्ब ७८ करोड अमेरिकी डलर राहत सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।>
संयुक्त राष्ट्रसङ्घले टर्कीका भूकम्प पीडितका लागि थप आर्थिक सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।
>>