सत्तारुढ गठबन्धनको १० दलको बैठक : आगामी नीति तथा कार्यक्रमका विषयमा छलफल

Aadil Times 1+ समाचार ( )
२ जेठ २०८०

सत्तारुढ गठबन्धनको १० दलको बैठकमा सरकारको  आगामी नीति तथा कार्यक्रमका विषयमा छलफल भएको छ ।

आज दिउँसो सिंहदरबारमा बसेको बैठकपछि नेकपा (माओवादी केन्द्र) का सचेतक हितराज पाण्डेले नीति तथा कार्यक्रमाथि छलफल केन्द्रित रहेको बताए ।

“नीति तथा कार्यक्रमलाई कसरी अघि बढाउने र त्यसमा के विषय फोकस गर्ने भएको कारणले नेताहरूले त्यतैतिर केन्द्रित गर्नुभएको छ,” उनले सञ्चारकर्मीसँग भने । उनले नीति तथा कार्यक्रम कृषि र पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने खालको हुनुपर्ने सुझाव दिइएको बताए । “सबैले कसरी अघि बढ्नुपर्छ भन्ने सुझाव दियौ । कार्यक्रम कस्तो सोचका साथ अघि बढेको छ भन्ने कुरा ब्रिफिङ भयो,” उनले भने, “कृषि र पर्यटनलाई जोड दिएर रोजगारी सिर्जना गर्ने, जनशक्ति पलायन कसरी रोक्ने र शैक्षिक क्षेत्रमा विध्यार्थी  पलायन कसरी रोक्ने भन्ने विषयमा छलफल भयो ।”

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नीति कार्यक्रमका विषयमा केही नेताहरूले धारणा राखेको र बाँकी रहेकाहरूले समय नभएकाले लेखेर दिन भनिएको जानकारी दिए । सरकारले नीति तथा कार्यक्रमय यही जेठ ५ गते प्रस्तुत गर्दै छ ।


प्रतिक्रिया