सभापति लामिछानेले भने -हाम्रो मूल काम भ्रष्टाचारको जरो उखाल्नु हो

Aadil Times 1+ समाचार ( )
१३ जेठ २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मूल काम भनेको भ्रष्टाचारको जरो उखेल्नु भएको बताएका छन्।

शनिबार ललितपुरमा पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्नो मूल काम भनेको भ्रष्टाचारको जरो उखेल्नु भएको बताएका हुन्।

उनले भने, ‘पहिला के गर्ने र पछि के गर्ने भन्ने कुराको चेकलिष्ट राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ र त्यो चेकलिष्टको बुँदा नम्बर १ मा भ्रष्ट्राचार अन्त्य भनेर लेखेका छौँ। हामीले चेकलिष्ट अनुसार काम गर्छौँ।

तपाईंले दिनु भएको चेकलिष्ट समाजले दिएको चेकलिष्ट। हाम्रो मूल काम भ्रष्टाचारको जरो उखाल्नु नै हो।’


प्रतिक्रिया