१ अर्ब माथिको कारोबार हुँदा नेप्सेमा उल्लेख्य सुधार

Aadil Times 1+ समाचार ( )
७ जेठ २०८०

साताको पहिलो कारोबारको दिन (आइतबार) सेयर बजारमा सामान्य सुधार आएको छ । आइतबार सेयर बजार परिसूचांक नेप्सेमा ५.८८ अंकको वृद्धि भएको छ ।

५.८८ अंकले वृद्धि हुँदै नेप्से १८८३.२० बिन्दुमा पुगेको छ । नेप्स सकरात्मक देखिएको दिन कारोबारमा पनि उल्लेख्यमात्रामा वृद्धि भएको छ ।

आज ४८ लाख २८ हजार कित्ता सेयर कूल १ अर्ब ६० करोड ४ लाख ९२ हजार बराबरमा किनबेच भएको छ । ९३ कम्पनीको मूल्य बढेको दिन आज ११५ कम्पनीको मूल्यमा भने गिरावट आएको छ । त्यस्तै १३ कम्पनीको मूल्यमा कुनैपनि परिवर्तन आएन् ।

प्रतिक्रिया