शेयर बजारमा सामान्य करेक्सन

Aadil Times 1+ समाचार ( )
१९ पौष २०७९

पछिल्ला दिन निरन्तरजसो उकालो लाग्दै आएको शेयर बजारमा मंगलबार सामान्य करेक्सन आएको छ ।

उतार चढावबीच बजार परिसूचक नेप्से ३ अंकले ऋणात्मक रही २ हजार ६१ कायम भएर थामिएको हो । अपरान्ह २ हजार ८० सम्म पुगेको नेप्से त्यसयता शिथिल भएको हो । कारोबार भने थप सुधारिएर साढें ३ अर्ब नजिक रह्यो ।

यस दिन ९ वटा समूह ओरालो लाग्दा जम्मा ४ वटा समूह उकालो लागे । लघुवित्त सय अंक बढीले, होटल तथा पर्यटन र व्यापार दोहोरो अंकले र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहेबाहेक बाँकी समूह ओरालो लागेका हुन् ।

जीवन बीमा समूहमा सय अंक बढीको गिरावट आयो । बाँकी बढी जसो समूह दोहोरो अंकले घटे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ५७ कम्पनीको ८२ लाख कित्ता शेयर ३ अर्ब ४६ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

नेप्से ऋणात्मक रहे पनि यस दिन कमाउने बढी रहे । यस दिन १ सय ७ कम्पनीको मूल्य बढ्यो । यसदिन स्वेतगंगा जलविद्युत, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाए ।

प्रतिक्रिया