साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ३ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २ सय रूपैयाँले बढेर एक लाख ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
>
तेजावी सुन प्रतितोलामा एक लाख रूपैयाँमा कारोबार भइरहेको छ ।
>
त्यसैगरी, चाँदीको मूल्य भने आइतबार १० रूपैयाँले बढेर १ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
>>