भारतबाट तस्करी गरेर ल्याइएको ताला बरामद

Aadil Times 1+ समाचार ( )
३० कार्तिक २०७९

भारतबाट तस्करी गरेर ल्याउँदै गरेको ताला (चाबी) प्रहरीले विराटनगरबाट मंगलबार साँझ बरामद गरेको छ ।

अटोमा राखेर ल्याइएको ५ हजार १ वटा ताला प्रहरीले विराटनगर महानगरपालिका–१२ बखरीबाट बरामद गरेको हो । को २ ह ४२२१ नम्बरको अटोलाई रोकेर चेकजाँच गर्दा भान्सार छली गरेर ल्याइएको ताला बरामद भएको थियो ।

प्रहरीका अनुसार अटो चालक भने फरार बनेका छन् । अटोसहित नियन्त्रणमा लिइएको ताला प्रहरीले आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ । ताला ६ लाख २० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया