हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

Aadil Times 1+ समाचार ( )
१७ पौष २०७९

जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो।

गए राति करिब २ बजे कृष्णमाया भण्डारीलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन्।

हात्तीले आक्रमणबाट उनी घाइते भएकी थिइन । हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि आक्रमण गरी गम्भीर घाइते बनाएको छ।

घाइते कृष्णमायाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। श्रीमान् शान्तिरामको उपचार भइरहेको छ।

स्थानीय बासिन्दाका अनुसार एउटा छावासहित हात्तीको समूह गाउँ पसेको थियो। एक छावासहित ४ वटा हात्तीले शनिबार बेलुकी ११ बजेदेखि नै गाउँमा आतंक मच्चाएको थियो।

प्रतिक्रिया