मेयर बालेनविरुद्ध सुमन सायमीको नेतृत्वको आन्दोलन

Aadil Times 1+ समाचार ( )
९ माघ २०७९

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिले प्रदर्शन गर्ने भएको छ । १५ माघमा प्रदर्शन हुन लागेको यो आन्दोलनका संयोजक हुन्, सुमन सायमी ।

सुमन सायमी बालेनविरुद्ध काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धी थिए । तर, पछि बालेन निर्वाचित भए पछि उनले बालेनलाई समर्थन गर्ने बताउँदै आएका थिए ।

सायमीले अब बालेनविरुद्ध प्रदर्शन गर्नुको कारण काठमाडौंवासी पछिल्लो समय त्रासमा बाँच्न थालेकाले भएको बताएका छन् ।

सायमीले बालेन स्वच्छेचारी बन्दै गएको र पछिल्लो समय डोजर आतंक फैलाएर आदिवासीको भूमि अतिक्रमण गरेको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया