बैंकको चर्को ब्याजदरविरुद्ध उद्योगी/व्यवसायीद्वारा प्रदर्शन

Aadil Times 1+ समाचार ( )
२३ कार्तिक २०७९

विराटनगरका उद्योगी/व्यवसायीहरुले बैंकहरुको चर्को व्याजदरविरुद्ध प्रदर्शन गरेका छन् । बुधबार बैंकहरुले लिने चर्को ब्याजदर र प्रतिकुल बैंकिङ नीतिहरुको विरुद्धमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

बैंकहरुले लिने चर्को ब्याजदर र प्रतिकुल बैंकिङ नीतिले उद्योग, व्यवसाय धारासायी भएको भन्दै सरकार र सरोकारवाला निकायहरुको ध्याकर्षण गराउन बृहत मौन जुलुस निकालिएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघलगायतका संस्थाको आयोजनामा विरोध स्वरुप कालो टिसर्ट लगाएर मौन जुलुस निकालिएको हो ।

मोरङ व्यापार संघबाट निस्किएको मौन जुलुअस्पताल चोक हुँदै नेपाल राष्ट्र बैंकसम्म पुगेको थियो । जुलुसलाई सम्बोधन गर्दै मोरङ व्यापार संघका अध्यक्ष रिजालले व्यापारीलाई शोषण गर्नका लागि बैंकहरुले निरन्तर ब्याजदर बढाइरहेको बताए । उनले चर्को ब्याजदरबाट उद्योगी, व्यापारीका साथै आम जनता मारमा परेको बताए ।

प्रतिक्रिया