अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्छ:अर्थमन्त्री पौडेल

Aadil Times 1+ समाचार ( )
१७ पौष २०७९

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पोखरा अन्तराष्ट्रिय विमानस्थलको भरपुर सदुपयोग गर्नुपर्नेमा जोड दिनु भएको छ।

आइतबार सो विमानस्थलको उद्घाटन समारोहमा बोल्दै उपप्रधानमन्त्री पौडेलले सो विमानस्थलको सही र भरपुर सदूपयोग गरेर पोखरालाई पर्यटकहरुको केन्द्रको रुपका विकास गर्न लाग्नुपर्ने बताउनु भएको हो ।

त्यस अवसरमा उहाँले सो विमानस्थललाई प्रभावकारी ढंगले संचालन गर्नका लागि अर्थ मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

उहाँले सो विमानस्थलको निर्माणमा योगदान पर्‍याएको भदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वपर्यटनमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको समेत स्मरण गर्नु भएको थियो ।

एमाले उपाध्यक्ष समेत रहनु भएका उपप्रधानमन्त्री पौडेलले मुलुकलाई राजनीतिक स्थायित्व दिइ सुशासनको बाटोमा अघि बढाउन सरकार लागिपर्ने आश्वासन समेत दिनु भयो । उहाँले भन्नु भयो, ‘यो विमानस्थलको सही र भरपुर सदुपयोग गर्नुपर्ने छ ।

त्यसका लागि प्रभावकारी कदम चाल्न नागरिक उड्यन प्राधिकरणलाई आग्रह गर्दछु । यो विमानस्थलको सहयोगका लागि आवश्यक सबै काम गर्ने विश्वास दिलाउन चाहन्छु ।


प्रतिक्रिया