नेपाल भारत रेल यात्रु सहजिकरण समिति द्वारा वृक्षा रोपण

Aadil Times 1+ समाचार ( )
९ फाल्गुन २०७९


जनकपुर वन प्राविधिक समाज सँगको सहकार्यमा नेपाल भारत रेल यात्रु सहजिकरण समितिले वृक्षा रोपण कार्यक्रम गरेको छ ।

नेपाल भारत रेल यात्रु सहजिकरण समिति र एजुकेशन मेसेज मिडिया प्रालि द्वारा सँयुक्त आयोजनामा विराटनगर महानगर पालिकाको वडा नं १६ स्थित छठ माई पोखरीमा ५१ थान साल, कटहर, निम, रुद्राक्ष, लिची, अशोक लगाएत विभिन्न प्रजातिका रुखहरूको बिरुवा रोपेर वृक्षारोपन कार्यक्रम सम्पन्न गरेको छ । 

वृक्षा रोपण कार्यक्रम उत्साह जनक रुपमा समितिका संयोजक राजेश कुमार शर्माको संयोजनमा र प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डलको प्रमुख आतिथ्यमा सुरु गरिएको थियो जसमा विशिष्ठ व्यक्तित्वहरू प्रदेश नं १ का पूर्व स्वास्थ मन्त्री जयराम यादव, विराटनगर महानगर पालिकाको उप प्रमुख शिल्पा निराला कार्की, जनकपुर वन प्राविधिक समाज बाट वन अधिकृत (एफओ) सुरेश शर्मा, मोरङ्ग जिल्ला वन अधिकृत (डिफओ) अनिरुद्र साह, जिल्ला प्रहरी कार्यालय मोरङ बाट प्रहरी नायब उपरीक्षक टीका बहादुर कार्की, स.प्र.बल नेपाल वि.ओ.पी रानी प्रमुख सप्रनी बुद्ध श्रेष्ठ, स.प्र.बल नेपाल वि.ओ.पी दरहिया प्रमुख सप्रनि एगिन राई, समितिका सल्लाहकार महेश साह स्वर्णाकार, नगर परिषद् जोगवनीको मुख्य पार्षद प्रतिनिधि तथा राजनीति कर्मी रोहित यादव, ईलाका प्रहरी कार्यालय रानी बाट वरिष्ठ प्रहरी नायब निरीक्षक रुपेश थपलिया, रानी सीमा प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक चन्द्र शिवाकोटी, वरिष्ठ गायक रामा मण्डल, वडा नं १६ का वडा अध्यक्ष उद्धव भुजेल, सदस्य राधा देवी तत्मा, मदन तत्मा, श्याम मण्डल लगाएत ५० जना बढीको उपस्थिति रहेको समितिका सचिव विकाश कुमार मण्डलले बताए ।


प्रतिक्रिया