श्रीमानले लात्ती हान्दा श्रीमतीको ज्यान गयो

Aadil Times 1+ समाचार ( )
२६ पौष २०७९

झापामा खाना नपकाएको निहुँमा श्रीमानले लात्ती हान्दा श्रीमतीको ज्यान गएको छ ।

भोजपुरको अरुण गाउँपालिका– १ घर भई झापाको अर्जुनधारा नगरपालिका–९ खरबन्दीमा वीरबहादुर भुजेलको घरमा डेरा गरी बस्ने ३५ वर्षका विश्वराज घिसिङ र ३६ वर्षकी प्रमिला भुजेल घिसिङबीच खाना नपकाएको निहुँमा गएराति झगडा भएको थियो ।

झगडाको क्रममा विश्वराजले प्रमिलालाई लात्तीले पेटमा हानेका र उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनामा संलग्न विश्वराजलाई पक्राउ गरिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

प्रतिक्रिया