ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

Aadil Times 1+ समाचार ( )
३ फाल्गुन २०७९

जुम्लाको पातारासी गाउँपालिका-६, बडिखोलीमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ट्याक्टरमा सवार पातारासी गाउँपालिका-२, तल्फिका ५० वर्षीय अमिर बोहोरा रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको छ ।

खंलगाबाट लाछी बजारतर्फ जाँदै गरेको कर्णाली प्रदेश-०२-००१ त ०४२७ नम्बरको ट्याक्टर सडकदेखि अन्दाजी ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते भएका अन्य चारजना भने सामान्य उपचार पश्चात घर फर्कीसकेका छन् । चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिए । 

प्रतिक्रिया