ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना घाइते

Aadil Times 1+ समाचार ( )
४ फाल्गुन २०७९

दाङको तुलसीपुर उपमहानगरपालिका- १६ लहलौरामा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका-१६ लहलौराका ५० वर्षीया कुसुम केसी र चितवन जिल्ला भरतपुर महानगरपालिका-५ घर भई हाल तुलसीपुर-१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तुलसीपुर-१६ मा रहेको कृषि बीउ उत्पादन कम्पनीमा बिहीबार बिहान खाना पकाउने क्रममा सिलिन्डर ग्यास विस्फोट हुँदा केसीको कम्मरमुनिको भाग जलेको छ । खनालको दुवै हात र खुट्टा जलेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो ।


प्रतिक्रिया