साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
>
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ३ हजार ९ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ११ सय रूपैयाँले बढेर एक लाख ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
>
त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार २५ रूपैयाँले बढेर १ हजार ३९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
>
>>