आईपीएल : दिल्लीलाई हराउदैँ मुम्बईको पहिलो जित

Aadil Times 1+ समाचार ( )
२८ चैत्र २०७९

इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गरेको छ । दिल्लीको यो लगातार चौथो हार हो ।दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा मुम्बईले टस जितेर फिल्डिङ रोजेको थियो ।

दिल्लीले १९ ओभर चार बलमा अल आउट हुँदै १ सय ७२ रन बनायो । पृथ्वी शां फेरि फ्लप भए । उनी केवल १५ रनमा पभेलियन फर्किए । मनिस पान्डे २६ रनमा आउट भए । त्यसपछि दिल्लीले लगातार तीन विकेट गुमायो ।

यस धुल २, रोभमन पोवेल ४ र ललित यादव २ रनमा मैदान बाहिरिए । अक्सर पटेलले ५४ र कप्तान तथा ओपनर डेविड वार्नरले ५१ रन बनाएपछि मुम्बईले प्रतिस्पर्धात्मक लक्ष्य पाएको थियो । जेसन बेरेनडफ र पियुस चावलाले ३ – ३ विकेट लिए ।

जवाफमा मुम्बईले ४ विकेटको नोक्सानीमा अन्तिम बलमा लक्ष्य पूरा गर्‍यो । इशान किसनले ३१, तिलक बर्माले ४१ रन जोडे । सूर्यकुमार यादवले भने खाता खोल्न सकेनन् ।

कप्तान रोहित शर्माले ६५ रनको योगदान गरे । टिम डेविड १३ र क्यामरुन ग्रिन १७ रनमा अविजित रहे । मुकेश कुमारले २ विकेट लिए ।

मुम्बईको ३ खेलमा यो पहिलो जित हो । दिल्लीले भने ४ खेलसम्म पनि खाता खोल्न सकेको छैन । आईपीएलमा आज साँझ पौने ८ बजे चेन्नाई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ ।


प्रतिक्रिया