नेपाल टेलिकमले मोबाइल रिचार्ज गर्दा बोनस डाटा दिने

Aadil Times 1+ समाचार ( )
१९ मंगशिर २०७९

नेपाल टेलिकमले आफ्नो कम्पनीका रिचार्ज कार्डबाट रिचार्ज गर्दा ग्राहकहरुलाई बोनस डाटा उपलब्ध गराउने भएको छ । ग्राहकले २००, ५०० र १००० रुपैयाँका रिचार्ज कार्डबाट मोबाइल रिचार्ज गर्दा बोनस दिने भएको हो ।

२०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १ दिन प्रयोग गर्न सकिने १ जीबी डाटा उपलब्ध गराइने टेलिकमले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

यसैगरी ५०० रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी र १००० रुपैयाँ को रिचार्ज कार्ड प्रयोग गर्दा १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी डाटा बोनस दिने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

यस्तो सुविधा मंसिर २० गते मंगलबारदेखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुका लागि उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ ।

प्रतिक्रिया