सांसद् भण्डारीले भने -लम्पी स्किन रोगबाट पीडित पशुको निःशुल्क उपचार गरि किसानलाई क्षतिपूर्ती दिइओस्

Aadil Times 1+ समाचार ( )
७ जेठ २०८०

नेकपा एमालेका सांसद् दामोदर भण्डारीले पछिल्लो समयमा देशैभरका गाईं भैंसीमा तिब्र रुपमा फैलर्दै गएको लम्पी स्किन नामक रोगको नियन्त्रणमा सरकार गम्भिर बन्नुपर्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पूर्वउद्योग मन्त्रीसमेत रहेका भण्डारीले रोगबाट पीडित पशुको निःशुल्क उपचारको व्यवस्था गर्न माग गर्दै तीनै तहका सरकारसँग समन्वय गरेर क्षतिको मुल्याङकन गरेर क्षतिपूर्तीको व्यवस्था गर्न माग गरे ।

यस रोगबाट पछिल्लो समय देशैभरी तिब्र रुपमा हजारौं पशुहरु बिरामी भइरहेका छन् । जसको नियन्त्रण अझै हुन् सकेको छैन । यसै विषयमा संसद्मा बेला बेला सांसदहरुले आवाज उठाउँदै आएका छन् ।

प्रतिक्रिया