राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन निर्वाचित

Aadil Times 1+ समाचार ( )
८ मंगशिर २०७९

राप्रपा (राष्ट्रिय प्रजातन्त्र पार्टी)का अध्यक्ष राजेन्द्र लिङदेन झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

भर्खरै सम्पन्न मतगणना अनुसार उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरेका हुन् । सिटौलालाई ३ हजार २७६ मतअन्तरले पराजित गर्दै लिङदेनले दोस्रोपटक प्रतिनिधिसभाको यात्रा तय गरेका छन् ।

२०७४ सालमा पनि उनी निर्वाचित भएका थिए । यो क्षेत्रमा सत्तारुढ गठबन्धनविरुद्ध एमालेसँग तालमेल गरेर राप्रपा चुनावी मैदानमा उत्रिएको थियो । सिटौला सत्तारूढ गठबन्धनका साझा उम्मेदवार थिए।

अन्तिम मतपरिणाम अनुसार लिङदेनले ४० हजार ६४८ मत पाए । सिटौला ३७ हजार ३७२ मतमै सीमित बने । यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा यो क्षेत्रमा ८९ हजार ६३७ मत खसेको थियो ।

प्रतिक्रिया