अनेरास्ववियुको २३औँ महाधिवेशन आजबाट सुरु हुँदै

Aadil Times 1+ समाचार ( )
१ फाल्गुन २०७९

एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३औँ महाधिवेशन आजबाट सुरु हुँदैछ । महाधिवेशनले नयाँ अध्यक्षसहित १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी गठन गर्नेछ ।

अनेरास्ववियुका नेताहरूका अनुसार अध्यक्षका लागि तीन जनाले दाबी गरेका छन् । वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र मोती विश्वकर्माले अध्यक्षका लागि दाबी गरिरहेका छन् ।

४ फागुनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वका साथै तीनवटा केन्द्रीय आयोग पनि गठन गर्नेछ । ती हरेक आयोगमा १५ जना सदस्य रहने छन् ।

आज नेपाल प्रज्ञा प्रतिष्ठानमा एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने तयारी रहेको छ । महाधिवेशनका लागि देशभरबाट १ हजार ८० जना प्रतिनिधि आएका छन्  ।

प्रतिक्रिया