माइतीघरमा प्रदर्शन : नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग

Aadil Times 1+ समाचार ( )
४ जेठ २०८०

नेकपा एसले भ्रष्टाचारविरुद्ध माइतीघरमा प्रदर्शन गरेको छ । पार्टीका नेता तथा महिला, युवा, विद्यार्थीलगायतका भ्रातृ संगठनका कार्यकर्ता विरोध प्रदर्शनमा सहभागी छन् ।

प्रदर्शनकारीले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।

उनीहरूले ‘युवा संघको खबरदारी, नउम्किउन् भ्रष्टाचारी’, ‘सबै युवाहरुको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर’ लगायत प्लेकार्डसहित नारा लगाएका थिए ।





प्रतिक्रिया