प्रभावशाली नेताहरु वृद्धभत्ता लिने उमेरका भइसकेका छन् अब एक्टिभ यूवा नेताहरुलाई अवसर दिने हो कि : मनोज

Aadil Times 1+ समाचार ( )
मनोज विक्रम साहले एक सार्वजनिक कार्यक्रममा नेताहरुलाई प्रतिप्रश्न गरेको भिडियोमा उनले भनेका छन् , ‘ निजामति कर्मचारी ऐन हेर्दा ६० बर्ष भन्दा माथिकालाई रिटाइर्मेन्ट दिनुपर्छ भन्छ नेपालमा । मलाई लाग्छ तपाईहरु डाइसमा बसेकाहरुको नाति नातिनाहरु पनि भइसकेको छ होला.....
२३ मंगशिर २०७९

विराटनगरको एक युवा व्यवसायीले नेताहरुले समेत अनिवार्य अवकास किन नलिएको ? भन्दै राखेको एक अभिब्यक्तिको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ ।

नेपाल युवा उद्योगी मंच , विराटनगरकापूर्व अध्यक्ष समेत रहका युवा व्यवसायी मनोज विक्रम साहले एक सार्वजनिक कार्यक्रममा नेताहरुलाई प्रतिप्रश्न गरेको भिडियोमा उनले भनेका छन् , ‘ निजामति कर्मचारी ऐन हेर्दा ६० बर्ष भन्दा माथिकालाई रिटाइर्मेन्ट दिनुपर्छ भन्छ नेपालमा । मलाई लाग्छ  तपाईहरु डाइसमा बसेकाहरुको नाति नातिनाहरु पनि भइसकेको छ होला..... यसलाई उदाहरणको रुपमामात्र लिनुहोला । पर्सनल नलिनुहोला । त्यस पछि तपाईहरु पनि स्वेच्छिक अवकास पो लिने हो कि?’ मनोजले प्रश्न गरेकाथिए । 

मंसिर ४ गते सम्पन्न  संघ र प्रदेशको चुनावको दौरान हिमालय टेलिभिजनले विराटनगरमा गरेको ‘सातै प्रदेश : चुनावी संदेश’महासंग्राम बसह नामक कार्यक्रमा मनोजले राखेको यो अभिब्यक्तिले धेरैको मन जितेको देखिएको छ ।  यसैले त्यो भिडियो अहिले भाइराल बनेको छ । निजामति सेवा ऐनमा  समेत कर्मचारीहरुले एउटा निश्चित उमेरमाअवकास लिनु पर्ने व्यवस्था छ । मनोज विक्रमले उठाएको मुद्दा नयाँभने होइन , यो मुद्धा समय समयमा उठे पनि , नितिनिर्माण गर्ने नेताहरु नै ६० बर्ष कटेको हुँदा यस विषयलाई चासोको रुपमा नलिएको देखिन्छ ।

निजामति कर्मचारी ६० बर्षको उमेर पुग्दै स्वतःअवकास हुन्छन् ।  अवकासको अर्काे आधार भनेको  ३० बर्षको कार्यवधि पनि एक  हो । तर नेपालमा अधिकांश नेताहरु बृद्ध र विरामी समेत छन् । मनोजले भने ,‘ अब ६० बर्ष उमेर पुगेका नेताहरु अवकास लिएर , एउटा राजनितिक सल्लाहकारको रुपमा बसेर  एक्टिभ यूवा राजनितिकर्मीहरुलाई अवसर पो दिने हो कि ?  देशको हितको लागि फरक शैलीबाट सोच्ने कि भनेर आवाज उठाएका थिए ।’

पछिल्लो समय,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता लिने उमेर ७० बाट घटाएर ६८ पुर्याएको छ । लगत्तै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृद्धभत्ता नलिने घोषणा गरे । उनको पनि वृद्धभत्ता लिने उमेर पुगेको सन्देश प्रवाह भयो । भट्टराई मात्र नभई प्रमुखदलका कतिपय प्रभावशाली नेताहरु पनि वृद्धभत्ता लिने उमेरका भइसकेका छन् । देशमा पूर्वप्रधानमन्त्री मध्ये प्रचण्डबाहेक सबै नेताहरु वृद्धभत्ता लिने उमेर पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा ७६ कटिसकेका छन् ।  केपीशर्मा ओली, माधवकुमार नेपाल र झलनाथखनाल ७० कटेका छन् । बाबुराम भट्टराई ७० को नजिक छन् । लोसपा नेता महन्थ ठाकुर ८० कटेका छन् । जसपा नेता उपेन्द्र यादव ६० कटेका छन् । काँग्रेसका प्रभावशाली नेताहरुमध्ये अधिकांश ७० कटेका र पुग्नलागेका छन् ।

रामचन्द्र पौडेल, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला ७० कटेका छन् । प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. सशांककोइराला, सुजाता कोइराला ७० को नजिकपुगेका छन् । एमाले नेताहरु इश्वर पोखरेल, डा. भीम रावल पनि ७० को नजिक छन् । माओवादी नेताहरु कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, लिलामणि पोखरेल जस्ता हस्ती नेताहरु ६० कटेका छन् । युवा व्यवसायी मनोज यति मै सिमित भएका थिएनन् , उनले भने ‘गएका घोषणा पत्रहरुको कुनै पनि आर्थिक विकासको पाटोमा रेट अफ परसेन्टेजको हिसाबले हामीले कति एचिभ गर्यौं ?

पहिला बाम एकताको नाममा होस , कहिले गठबन्धनको नाममा होस , गर्ममेन्टमा रुल गरिरहनु भएकै छ । भने प्रगति नहुनुको पछाडिको कारक र कारण कसरी खोज्ने ? र हामीले तापाईहरुलाई सदैब यहि कुरामा विश्वास गर्ने आधारहरु के ?

उनले बोलेको वक्तव्य यस्तो थियो...

नमस्कार , म मनोज विक्रम साह । व्यवसायी ।  नेपाल युवा उद्यमी मंच विराटनगरको पास्ट प्रेसिडेन्ट । फर्सट अफअल , तपाई सबै राजनितिक दल , पार्टीहरु कुनै न कुनै हिसाबले , चाहे प्रदेशमा होस । चाहे स्थानीयमा होस चाहे संघियको लिड गरिरहनुभएको छ , गर्ममेन्टको र तपाईहरुले धेरै पटकको चुनाव आँउदै गर्दा प्रत्येक पटकको चुनावको म्यानिफेस्टियोमा(घोषणा पत्रमा) , तपाईहरुले आर्थीक विकासका कुरालाई सशक्त रुपमा राख्नुभएको छ । गएका घोषणा पत्रहरुको कुनै पनि आर्थीक विकासको पाटोमा रेट अफ परसेन्टेजको हिसाबले हामीले कति एचिभ गर्यौं ? भन्ने खालको लेखा जोखा तपाईहरु संग पक्कै पनि छ होला । र यो पल्ट भर्खरै थाहा भयो , काँग्रेसले आफ्नो म्यानिफेस्टियो निकालिसकेको छ ,र अरु पार्टीहरुको आउने क्रममा छ । र तपाईहरुले यो पल्ट पनि घोषणा पत्रमा आर्थीकको कुरालाई जुन हिसाबमा लेख्नुभएको छ भने , त्यो कार्यनवयन हुन्छ भन्ने आधार के ?

र हाम्रो देश विगतपाँचबर्ष देखी , पहिला बाम एकताको नाममा होस , कहिले गठबन्धनको नाममा होस , गर्ममेन्टमा रुल गरिरहनु भएकै छ । भने प्रगति नहुनुको पछाडिको कारक र कारण कसरी खोज्ने ? र हामीले तापाईहरुलाई सदैब यहि कुरामा विश्वास गर्ने आधारहरु के ? र एउटा मेरो सल्ला सुभाव , निजामति कर्मचारी ऐन हेर्दा ६० बर्ष भन्दा माथीकालाई रिटाइरमेन्ट दिनुपर्छ भन्छ नेपलमा । मलाई लाग्छ  तपाईहरु डाइसमा बसेकाहरुको नातिनातिना..... यस्लाई उदाहरणको रुपमा मात्र लिनुहोला । पर्सनलि नलिनुहोला । त्यस पछि तपाईहरु पनि स्वएच्छिक अवकास पो लिने हो की?

एउटा राजनितिक सल्लाहकारको रुपमा सेर एक्टिभ यूवा राजनितिकर्मीहरुलाई अवसर पो दिने हो की? देशको हितको लागी फरक शैलीबाट सोच्नु पर्छ । 

मंसिर ४ गते सम्पन्न , संघ र प्रदेशको चुनावको दौरानहिमालय टेलिभिजनले विराटनगरको विगहोटलमा गरेको सातै प्रदेश : चुनावी संदेश । महासंग्राम बसहनामक कार्यक्रको एक भिडियो क्लिप अहिले भाइरल भएको छ । जसमा  एक युवा व्यवसायीले नेताहरुले स्वच्छिक अवकास लिनु पर्ने आवाज उठाएका थिए .....


प्रतिक्रिया