विराटनगरका व्यापारीहरु महानगरविरुद्ध एक जुट, ‘नो पार्किङ’ नमान्ने

Aadil Times 1+ समाचार ( )
१५ चैत्र २०७९

विराटगरका व्यापारीहरु महानगरविरुद्ध एक जुट भएका छन् । बैकल्पिक व्यवस्था विना विराटनगर महानगरपालिकाले मुख्य बजार क्षेत्रलाई पार्किङ निषेधित क्षेत्र बनाएपछि व्यापारीहरु एक जुट भएका हुन् ।

उनीहरु एक जुट हुँदै पार्किङ निषेधित अभियानलाई नमान्ने भएका हुन् । महानगरको उक्त निर्णयका कारण विराटनगरको व्यापार व्यवसाय ठप्प भएको भन्दै उनीहरुले पार्किङ निषेधित अभियान नमान्ने भएका हुन् ।

व्यापारीहरूको बुधबार बसेको बैठकले ‘नो पार्किङ’ अभियान नमान्ने भएका हुन् । ‘नो पार्किङ’ अभियानका कारण पछिल्लो समय विराटनगरका मुख्य बजार सुनसान बनेको छ ।

सोही कारण आफुहरु पलायन हुने स्थितीमा पुगेको भन्दै उनीहरु महानगरविरुद्ध एक जुट भएका हुन् । व्यापारीहरूले महानगर विरूद्ध सामाजिक सञ्जाल मार्फत अभियाननै छेडेका छन् ।

व्यापारीहरूले अब आफ्ना साधनहरू ल्याएर महानगरले पार्किङ निषेध गरेको ठाउँमा राख्ने भएका छन् । महानगरपालिकाले पार्किङ निषेधित अभियान अवज्ञा गर्दा सवारी साधानमा ताला लगाए त्यसै छाडिदिने भएका छन् ।

विराटनगरका मेयर नागेश कोइरालाको ध्यानाकर्षण गराउँदा पनि आफूहरूको गुनासो नसुनेको भन्दै व्यापारीहरु आक्रोशित भएका हुन् । उनहरु महानगरविरुद्ध आन्दोलितसमेत भएका छन् ।


प्रतिक्रिया