अध्यक्ष ओलीले भने -गृह मन्त्रालय रास्वपाले नै पाउँछ

Aadil Times 1+ समाचार ( )
१९ माघ २०७९

सत्ता गठबन्धनको ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले नै पाउने बताएका छन् ।

बिहीबार मोरङको विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले पूर्वसहमति अनुसार गृह मन्त्रालय रास्वपाले नै पाउने बताएका हुन् । सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार गृह मन्त्रालय रास्वपाले नै पाउँछ  उनले भने,गृह मन्त्रालय नदिँदा विवाद हुनु स्वाभाविक हो ।

अध्यक्ष ओलीले गृहमन्त्रीमा रास्वपाले सभापति रवि लामिछानेलाई नै पठाए अरुलाई टाउको दुखाइको विषय नभएको बताए । गृह मन्त्रालय रास्वपाले नै पाउने हो । उसले सभापति लामिछानेलाई नै गृहमन्त्रीमा पठाउँछ भने अरुलाई किन टाउको दुखाइ ?, उनले भने ।

फरक प्रसंगमा अध्यक्ष ओलीले कांग्रेसमा राजनीतिक संसकार नभएको आरोप लगाए । कांग्रेसमा राजनीतिक संस्कार छैन । गृहराज्यमन्त्री दिँदा पनि सरकारमा आउँछ, उनले भने । अध्यक्ष ओलीले सत्ता गठबन्धन दलहरूबीच भएको सहमति अनुसार राष्ट्रपति एमालेले नै पाउने बताए ।

प्रतिक्रिया