कोशी प्रदेश नामाकरण गरेको विरोधमा विराटनगरमा प्रदर्शन सुरु भएको छ ।
>
प्रदेश नामाकरणका विषयमा असन्तुष्टि जनाउँदै पुन :नामाकरण संघर्ष समितिको अगुवाईमा प्रदर्शन भइरहेको हो ।
>
यतिबेला विराटनगरमा चर्को नाराबाजीसहित पहिचान पक्षधरहरुले विरोध प्रदर्शन गरिरहेका छन् ।
>
प्रदर्शनका क्रममा कुनै अप्रीय घटना नहोस भनेर सुरक्षा व्यवस्था कडा बनाइएको छ । विराटनगरको विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
>
>>