प्रधानमन्त्री र नेकपा एमालेका अध्यक्ष ओलीबीच भेटवार्ता : संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल हुने

Aadil Times 1+ समाचार ( )
२४ माघ २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ । 

आज बिहान बालकोटमा भएको भेटले उच्चस्तरीय संयन्त्रको बैठक बोलाउने तय गरेको हो । उच्चस्तरीय संयन्त्रको संयोजक ओली हुन् ।

सोही बैठकमा राष्ट्रपतिको उमेदवारबारे छलफलको तयारी छ । राष्ट्रपति पदको निर्वाचन आगामी फागुन २५ गते हुँदैछ ।

 

प्रतिक्रिया