नक्कली शरणार्थी प्रकरणबारे छानबिन गर्न संसदीय विशेष समिति बनाउन रास्वपाको माग

Aadil Times 1+ समाचार ( )
९ जेठ २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणबारे छानबिन गर्न संसदीय विशेष समिति बनाउन माग गरेको छ ।

बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा रास्वपाका सभापति रवि लामिछानेले अहिले भइरहेको छानबिनले जनताले चाहेको जस्तो नतिजा दिन नसक्ने भन्दै छानबिनका लागि संसदले विशेष समिति बनाउन माग गरेका हुन् । 

उनले यस प्रकरणमा नाम आएकाहरू सबैसँग सोधपुछ नभएको भन्दै आपत्ति पनि जनाए ।

तीन राजनीतिक दलहरू खुसुर खुसुर बसेको कुरालाई लिएर आशंका व्यक्त गर्दै आइरहेका थियौँ । आज कुनै राजनीतिक दल बाँकी रहेको छैन जसलाई आरोप लाग्न बाँकी रहेको होस् ।

त्यतिमात्र होइन, राज्यका निकायहरूको नाम यसरी आइरहेको छ, अनुसन्धान गर्ने अधिकारी, त्यसका प्रमुखहरूको नाम आइरहेको छ । यस्तो अवस्थामा यो कुनै अध्याँरो कोठामा, कुनै गल्लीमा भएको क्रियाकलाप छैन, रविले भने । 


प्रतिक्रिया